तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् ।

६७ वर्षिय ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पत्र पठाएका हुन् । उनी हाल आईसीसी विश्वकप लिग २ का लागि ओमानमा छन् । 

महामारीको अवस्थामा आफूले परिवारलाई समय दिने भन्दै उनले क्यानलाई इमेल लेखेका छन्। साथै उनले नेपाली क्रिकेट टिमको प्रशिक्षक भएर काम गर्दा पाउँदा खुसी लागेको पनि लेखेका छन्। 

उनी जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button