तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा शुक्रवार थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


पछिल्लो २४ घण्टामा १०९ जनामा पिसिआर र ३३ जनामा एन्टिजेन गरी १४२ जनामा परिक्षण गर्दा क्रमशः ५० र ५ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या १४ हजार ६ सय ७४ पुगेको छ । 


यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै जिल्लामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १४ हजार २ सय ३७ पुगेको छ । जिल्लामा हाल २ सय ३६ जना सक्रिय सङ्क्रमितमध्ये २११ होम र २५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ । 


यस्तै जिल्लामा हालसम्म एक लाख ९ हजार ७३५ जनाले कोरोना भाइरसको पहिलो मात्रा र ७५ हजार ६७७ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । 


कोरोनाकै कारण मकवानपुरमा हालसम्म १ सय ६० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button