तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान लगायतका समस्याले जनधन समेतको क्षति भइरहेकोले पूर्व सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।


केही दिनदेखिको अविरल वर्षाले जिल्लामा विभिन्न स्थानमा डुबान पर्ने, बाढी आउने, पहिरो खस्ने तथा नदी, नाला, खोलामा पानीको सतह बढ्न गई जनजीवन प्रभावित हुनुका साथै जनधनको क्षतिसमेत भइरहेकाले जिल्ला प्रहरी कार्यालयले पूर्व सावधानी अपनाउन अनुरोध गरेको हो ।


वर्षाले भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई उक्त नदी छेउछाउका जमिन कटान गर्नुको साथै जोखिममा रहेका तीन घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


त्यस्तै उक्त नदीमा बढेको पानीको सतह तथा बहावका कारण घोडाघोडी नगरपालिका–१२ बनवर्शास्थित जमिन कटान गरी क्षति पुर्‍याएको छ ।


बर्सातकै कारण लम्किचुहा नगरपालिका–३ मा साजको रुख घरमा ढल्न गई एक घर पूर्ण रूपमा क्षति हुनुका साथै दुई जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 


जानकी गाउँपालिका–४ कागिर्धरपुर, टावर टोल, बेलपुर र वडा नं ७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा १३८ घरधुरी डुबानमा परी प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button