तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button