तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा आत्महत्याको दर बढ्दो

पोखरा । कास्कीमा किशोरावस्थादेखि २६ वर्षसम्मको उमेरमा हुने आत्महत्या डरलाग्दो रुपमा देखिएको छ । 


आत्महत्या गर्ने युवा समूहका अधिकांश उच्च शिक्षा पढ्दै गरेका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको  आर्थिक वर्षमा कास्कीमा आत्महत्याको दर बढेको तथ्याङ्कले देखाएको हो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा कास्कीमा १५७ जनाले आत्महत्या गरेका छन् । यो सङ्ख्याको झन्डै आधा मानिसले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । यो आर्थिक वर्षमा ७७ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।


आत्महत्या गर्नेहरूमध्ये ५८ प्रतिशत मानिसहरू साधारण लेखपढ मात्रै गर्न जान्ने थिए । आर्थिक वर्ष २०७७–७८ मा १५७ जनाले आत्महत्या गर्दा आत्महत्या गर्ने ९० जना मानिसहरू साधारण लेखपढ मात्रै गर्न जान्ने रहेका छन् ।


कास्कीमा किशोरावस्थादेखि २६ वर्षसम्मको उमेरमा हुने आत्महत्या डरलाग्दो देखिएको छ । कास्कीमा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिसहरूमा आत्महत्याको दर बढी रहेको देखिन्छ । 


प्रहरीले ५ वटा उमेर समूहमा राखेर आत्महत्याको विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका युवायुवतीमा आत्महत्याको दर बढेको देखिएको छ ।


त्यसैगरी कास्की जिल्लामा भएको आत्महत्याको घटनालाई वैवाहिक स्थितिको अवस्थाका आधारमा विश्लेषण गर्दा अविवाहितले नै बढी आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७७–७८ मा कास्की जिल्लामा कुल १५७ जनाले आत्महत्या गरेको घटनामा ८९ जना अविवाहित रहेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button