तपाईँ सुन्दै हुनुहुन्छः

४४ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले शुक्रवार ४४ किलो लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । 


मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लीपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन लो लागु औषध गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


शुक्रवार बिहान मनहरी गाउँपालिका–५ जयसिङ स्थित खोलाको किनारामा उनीहरूले बोकेर ल्याएको भारी चेकजाँच गर्दा ४४ किलो लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button