तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडास्थित राप्ती खोलामा एक महिलाको शव फेला

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलामा एक महिलाको शव फेला परेको छ । 

हेटौँडा–६ पुतली बजारस्थित माइतीमा बस्दै आउनुभएकी ६० वर्षीया रत्नमाया गौतमको शव फेला परेको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

गौतम रामेछापको सुनापति गाउँपालिका–१ घर भई हाल हेटौँडा–६ पुतलीबजारस्थित माइतीमा बस्दै आउनुभएको थियो । 

शुक्रवार बिहान आफन्तले खोजी गर्दा निजले लगाएको चप्पल हेटौँडा–६ पुतली बजारमा रहेको कर्रा पुलमा फेला परेको थियो । चप्पल पुलमा फेला परेपछि खोलामा हामफालेको प्रहरीले अनुमान गरेको छ । 

वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट, इलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयले कर्रा तथा राप्ती खोलामा खोजी कार्य गर्दा महिलाको शव हेटौँडा–१९ स्थित राप्तीखोलामा फेला परेको डिएसपी रिमालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button