तपाईँ सुन्दै हुनुहुन्छः

ल्युब आयलले नेपाल आयल निगम डिपोको जग्गामा गर्दै आएको दाबी फिर्ता

बारा । बाराको अम्लेखगंजस्थित नेपाल आयल निगम डिपोको जग्गा आफ्नो भएको दाबी गर्दै आएको ल्युब आयलले अन्ततः मुद्दा फिर्ता लिएको छ । 

वि.सं. २०२७ सालदेखि निगमले भोगचलन गर्दै आएको जग्गाको मालपोतमा राजस्व बुझाउँदै आएको छ । अन्तरिम आदेशको माग गर्दै अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिएको ल्युब आयलले अन्तमा आफैँले मुद्दा फिर्ता लिएको हो । 

फर्जी कागजपत्रका आधारमा निगमको डेढ बिगाहा जग्गा दाबी गरेको सो संस्थाले पेट्रोलियम पाइपलाइन विस्तारमा समेत अवरोध गर्दै आएको थियो । करोडौँ मूल्य पर्ने जग्गामा मुद्दाको अन्तिम दिन पेशी नै फिर्ता लिनुले कुनै न कुनै कागजात फर्जी पेश गरेको हुनसक्ने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् । 

ल्युब आयल अमलेखगञ्जसम्म अधिकृत बलराम सिंहले अर्थ मन्त्रालयको अनुरोधमा मुद्दा फिर्ता लिइएको बताएका छन् । २०५१ साल असार १ गते अर्थ मन्त्रालयको निर्णयअनुसार २०७५ फागुन १ गते सिमरा मालपोतले ३ बिगाहा १२ कट्ठा १२ धुर जग्गा ल्युब आयलको नाममा गरेको थियो । 

सो बाहेक पनि निगमको नाममा रहेको करिब डेढ बिगाहा जग्गा आफ्नो भएको दाबी गर्दै आएको हो । आयल निगम अमलेखगञ्ज डिपोको नाममा झण्डै २२ बिगाहा जग्गा रहेको छ । सो मध्ये सरकारको निगमको ३÷३ बिगाहा जग्गा निगमले बिटुमिन तथा ब्यारेल र ल्युब आयललाई दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button