पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म जारी

पाल्पा । पाल्पामा भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला स्तरीय कोभिड व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकको निर्णयले जारी निषेधाज्ञालाई भदौ २५ गते राती १२ बजेसम्मका लागि बढाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा पसल व्यवसायहरू पहिलेझैँ बिहान ७ देखि साँझ ५ बजेसम्म मात्र स चालन गरिने छ । कार्यालय, बैङ्क तथा वित्तीय संस्था कार्यालय समयमा नै सञ्चालन हुनेछन् ।
पाल्पामा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञालाई हाल कायम राखिएको छ ।
प्रशासनले भिडभाड गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सभा सम्मेलन गर्न, तालिम सेमिनार गर्न, धार्मिक कार्यक्रम गर्न रोक लगाएको छ ।








प्रतिक्रिया राख्नुहोस्