तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी  । कैलालीमा प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ । 

मोहन्याल गाउँपालिका–६ का गङ्गाराम जैसीलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय सुगरखालबाट गएको प्रहरी टोलीले जङ्गलमा हिँडिरहेको अवस्थामा जैसीलाई खानतलासी गर्दा बन्दुक भेटिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button