तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको वर्षाका कारण कैलालीमा सात वटा कच्ची घर भत्किए

धनगढी  ।  लगातारको वर्षाका कारण कैलालीमा सात वटा कच्ची घर भत्किएका छन् । 


घर भत्किदा दुई जना घाइते भएका छन् । चुरे गाउँपालिका–५ मा वर्षाका कारण ६ वटा घर भत्किएर क्षतिग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ । 

ती घरपरिवारलाई सुरक्षित स्थानमा राख्न पहल थालिएको बताइएको छ । 

यसैगरी वर्षाका कारण लम्कीचुहा नगरपालिका ३ मा एउटा घर भत्किएको छ । घर भत्किदा स्थानीय गोपाल चौधरी र गौरी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

 यसैबिच पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको छ । बाढीका कारण जानकी गाउँपालिका ४ का ८० घर र वडा नं ७ का ५८ घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

यसैगरी गोदावरी नगरपालिका ४ मा बाढीले एउटा पसल, प्रतीक्षालय र काठे पुल बगाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button