तनहुँमा ७४ हजार भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

तनहुँ । तनहुँमा हालसम्म ७४ हजार ३२७ जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार ६२ हजार ८७९ जनाले दुवै डोज खोप लगाएका हुन् ।
एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप १७ हजार १२५ जनाले लगाएका छन् । जिल्लामा उक्त शिक्षक र विशेष गरी विदेश जान लागेकाहरूलाई लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
कोभिशिल्डको पहिलो मात्रा खोप २२ हजार ११८ जनाले लगाएकोमा कोभिशिल्डको दोस्रो मात्रा १८ हजार ९८५ जनाले लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यसै गरी भेरोसेलको पहिलो मात्रा लगाउने २९ हजार ९९० रहेकामा २६ हजार ७६९ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।
कार्यालय प्रमुख अधिकारीका अनुसार पहिलो डोज कोभिशिल्ड लगाएका १३ हजार ७८९ जनालाई दोस्रो मात्रा एक्स्ट्राजोनिक दोस्रो डोजका रुपमा दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्