अन्नपूर्ण बेस क्याम्प नजिक पदयात्रीको मृत्यु
पोखरा। अन्नपूर्ण हिमालको बेस क्याम्प हिँडेका एक आन्तरिक पर्यटक मृत भेटिएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं. ११ पल्लो सिनवामा ती युवकको शब फेला परेको हो ।घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा सोही गाउँपालिका–११ छुम्रुङ बस्ने खोटाङ मझुवागढी नगरपालिका–१२ घर भएका ३२ वर्षीय ललित राई बुधवार साँझ मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्