तपाईँ सुन्दै हुनुहुन्छः

कानून आयोगको अध्यक्षमा जागेश्वर सुवेदी नियुक्त

काठमाडौँ । सरकारले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button