तपाईँ सुन्दै हुनुहुन्छः

१० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले विवाद समाधान कार्यदलले प्रस्तुत गरेको १० बुँदे प्रस्ताव शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज बसेको एमाले केन्द्रिय कमिटी बैठकले जनवर्गीय सङ्गठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहनुभएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

आज बसेको एमाले केन्द्रिय कमिटी बैठकले  पार्टीको दशौं महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने निर्णयलाई अनुमोदन गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । 

केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने र स्थानीय तहमा  कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने स्थायी कमिटीको निर्णयलाई समेत अनुमोदन गरेको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका पक्षमा उभिने नेताहरूलाई स्वागत गर्नुभएको सचिव ज्ञवालीले बताउनुभयो । 

एमाले बैठकले निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएको भन्दै त्यसको कानून संवत् ढङ्गले अगाडि बढ्ने जनाउँदै सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश संविधान विपरीत भएको जनाएको छ । 

बैठकले जनगायक जेभी टुहुरेको निधनप्रति शोक व्यक्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button