लागू औषध गाँजासहित दुई जना पक्राउ

बारा । बारास्थित इलाका प्रहरी कार्यालय सिमराले १५ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सिमराबाट खटेको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.०५ स्थित बीरगंज पथलैया सडक खण्डको रातो पुल नजिक सडकमा पथलैयाबाट बीरगंज आउँदै गरेको ना४६प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा गाँजा फेला पारेको थियो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा न।१३ बस्ने बर्ष ३३ को दिपक पाख्रिन र सोही मोटरसाइकल पछाडि सवार बर्ष २५ को बाबुराम वाइबा रहेका छन् ।
पिठ्युँमा बोक्ने दुई वटा झोलाभित्र राखी लुकाइछिपाई राखिएको अवस्थामा लागू औषध गाँजा १५ किलोग्राम बरामद भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ








प्रतिक्रिया राख्नुहोस्