तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण, मनास्लु लगायतका संरक्षण क्षेत्रको कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले आगामी १ महिना भित्र अन्नपूर्ण, मनास्लु लगायतका संरक्षण क्षेत्रको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले जैविक विविधता संरक्षण,सामुदायिक विकास तथा विशेषज्ञ सेवा पुर्‍याउँदै आएका संस्थाहरूको भूमिका समेत प्रस्ट हुने गरी कार्ययोजना निर्माण गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो । 

निर्देशनका क्रममा समितिका सभापति पूर्णकुमारी सुवेदीले संरक्षण क्षेत्रको सञ्चालन तथा व्यवस्थापनको मुख्य दायित्व सङ्घीय सरकारको भए पनि प्रदेश तथा स्थानीय तहको भूमिका र अधिकार समेत कार्ययोजनामा खुलाउनु पर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button