सर्वोत्तम स्टिल उद्योगको ग्यास प्लान्टमा विष्फोट, ११ मजदुर घाइते, करोडौँको क्षति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सर्वोत्तम स्टिल उद्योग प्रा.लि.मा आज दिउँसो अचानक ग्यास प्लान्ट विष्फोट हुँदा ११ जना मजदुर घाइते भएका छन् भने उद्योगमा करोडौँको क्षति पुगेको छ ।
प्लान्टमा अचानक विष्फोट हुँदा उद्योगमा कार्यरत ११ जना मजदुर घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको उद्योगका सञ्चालक राजेश अग्रवालले जानकारी दिनुभयो । प्लान्ट विष्फोट पछि जलेर घाइते भएका मजदुरहरूलाई उपचारका लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि भारतको पटना लाने तयारी भई रहेको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।
उद्योग सञ्चालकले हेलिकप्टर मार्फत घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था मिलाएपछि घाइतेहरू भारतीय नागरिक भएको हुँदा उनीहरूले उपचारका लागि पटना रोजेको कारण पटना तर्फ लैजाने तयारी भएको पटेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्