तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा शपथ ग्रहण

काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ ।

शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएपछि आचार्य संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button