तपाईँ सुन्दै हुनुहुन्छः

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक हप्ताभित्र सरकारले पुर्णता पाउने बताउनुभयो ।

सो पार्टीद्वारा विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टीको सहभागितामा   गठबन्धनको सरकाले केही दिन भित्रै पुर्णता पाउन लागेको प्रस्ट पार्नुभयो । उहाँले मन्त्रालयका विषयमा सहमति नभए पनि सरकार सहभागी हुने विषयमा भने सहमति भइसकेको उल्लेख गर्नुभयो । 

अध्यक्ष यादवले सरकार सञ्चालनका लागी गठबन्धनको पक्षमा अत्यधिक वहुमत पुगेकाले गठबन्धन बाहिरका दल सरकारमा सहभागी हुने सम्भावना नरहेको वताउनुभयो ।  गठबन्धनको सरकार आगामी निर्वाचन समेत गराउने उहाँको भनाई थियो ।

सरकार सञ्चालनका  लागी लोकतान्त्रिक शक्ति बिच उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्न सके लोकतन्त्र संस्थागत हुने र सरकारलाई काम गर्न थप मद्दत पुग्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button