पाल्पामा अटो दुर्घटना : तीन जना घाइते
पाल्पा। जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधवार बेलुकी लु १ ह ११५२ नम्बरको अटो अनियन्त्रित भई माथागढी–२, स्थित गैराबारी नजिकै दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी माथागढी–३, सराई बस्ने वर्ष २२ का ताराबहादुर दर्लामी, सोही स्थानका ३६ वर्षका लिलाबहादुर सारु, माथागढी–२, रुप्से बस्ने २८ वर्षका विनोद कुमार मल्ल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते तीनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।दुर्घटना के कारणले भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्