तपाईँ सुन्दै हुनुहुन्छः

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

file photo

काठमाडौँ । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।


नेपाल भलिबल सङ्घले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ । सङ्घले यस प्रतियोगिता एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ ।


क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन्  । 


क्लब लिग चैतमा आयोजना हुने सङ्घले जनाएको छ । सङ्घले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ । 
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ । 


सङ्घले प्रतियोगिताका लागि क्लबले तीन विदेशी खेलाडी राख्न पाउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button