कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको धनगढीका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी, कैलालीमा थप १९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।
हाल अस्पतालमा १४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्