मृतक दुई जनाको सनाखत, २९ जना डिस्चार्ज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
धुलिखेल अस्पताल, काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठुलो दुर्लुङ घर भएका अन्दाजी. ४०–४५ का पुरुष राजन बराम र अन्दाजी २०–२२ वर्ष उमेरका झापाका पवन कार्की रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनामा ४१ जना घाइते घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायबकोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा बिहान दुर्घटना भएको थियो ।
बस ओरालो बाटोको मोडमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार ४१ जना घाइतेमध्ये २९ जनाको अवस्था सामान्य भएकोले डिस्चार्ज गरिएको छ । १ जनाको मध्यपुर ठिमी अस्पताल, भक्तपुर र ११ जनाको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ ।
बस चालक काभ्रे चौरी देउराली गाउँपालिका ३ का ४० वर्षीय दीपेन्द्र कुमार पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्