निर्वाचन आयोगमा सनाखत गर्दै नेपाल र ठाकुर पक्षीय नेताहरू

काठमाडौँ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकिकृत समाजवादी) का नेताहरूले आज निर्वाचन आयोगमा पुगेर सनाखत गर्नु भएको छ ।
नयाँ दल दर्ताका लागि दिएको निवेदनमा निर्वाचन आयोगले आज सनाखतको लागि बोलाएको थियो ।

सनाखत गर्नेहरूमा ३० जना सांसद र ५५ जना केन्द्रिय सदस्यहरु हुनुहुन्छ भने ७ जनाको विवाद भई सनाखत हुन बाकी रहेको नेता विरोध खतिवडाले बताउनुभयो ।
त्यस्तै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादीका नेताहरू पनि निर्वाचन आयोगमा पुगेर सनाखत गर्नु भएको छ ।
जसमा पूर्ववर्ती पार्टीका १४ सांसद एवम् केन्द्रिय कार्यकारिणी परिषद्का १७ जनाले सनाखत गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्