तपाईँ सुन्दै हुनुहुन्छः

आज रातिदेखि मनसुन थप सक्रिय हुने

      

काठमाडौँ । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।    
    
 विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना रहेको छ ।    
    
 प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button