तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय एसएसबीद्वारा नेपाल भित्रिन लागेका अवैध कपडा नियन्त्रणमा

भद्रपुर, झापा । भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागिएको अवैध कपडासहित दुई जनालाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।

एसएसबीका ४१ बटालियन कदोमनिको टोलीले सीमापिलर ९४ नजिकैबाट मङ्गलवार ९ पोका लत्ताकपडासहित संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो ।कपडासहित भारतीय नागरिक क्षिरोत राय र घनश्याम शर्मालाई नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ ।

बरामद गरिएको कपडाको मूल्य नेपाली ५ लाख बढी रहेको जनाइएको छ । सो कपडा झापाबाट नेपाली बजारमा भित्राउने योजनामा तस्करी समूह रहेको बताइएको छ ।बरामद गरिएको कपडासहित दुई जनालाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइएको एसएसबीले जनाएको छ । त्यस्तै एसएसबी १९ नम्बर बटालियन टोलीले नेपालबाट भारततर्फ लगिएको १३० प्याकेट खुकुरी चुरोट पनि बरामद गरेको छ ।

१२८ नम्बर सीमा पिलर नजिकैबाट एसएसबीको धनतोला टोलीले सो परिणामको नेपाली ब्रान्डका चुरोट र एउटा मोटरसाइकलसहित एकजनालई मङ्गलवार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि स्थानीय भन्सारमा बुझाएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button