तपाईँ सुन्दै हुनुहुन्छः

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव कुमार नेपाल सहितका नेताहरू

काठमाडौं ।नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलका नेताहरू निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरू नयाँ पार्टी दर्ताको सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएका हो ।

निर्वाचन आयोगले नयाँ दल दर्ता गराएको पार्टी नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई आज साढे ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button