बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ३ का ४३ वर्षीय पुरुष र राप्ती गाउँपालिका ३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २८ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्