महाकाली नदिमा बेपत्ता शिक्षक अझै फेला परेनन्,खोजी कार्य जारी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदिमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडक किनारबाट महाकाली नदिमा हाम फालेर बेपत्ता भएका शिक्षक अझै फेला परेका छैनन् ।
‘भाइरल रोड’ले परिचित उक्त स्थानमा गएका जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका हुन्। उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको खोजी कार्यका लागी सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयहरूको टोली खटिएको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्