तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्यमा गिरावट

काठमाडौं । बुधबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ३०० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button