दुर्घटनामा परी दुई जनाको मृत्यु, एक बेपत्ता
गण्डकी । कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो ।
छतको टिन मर्मत गर्ने क्रममा अचानक खसेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको नागढुङ्गामा मोटरसाइकल र गाडी एकापसमा ठोक्किँदा मोटरसाइकल चालक पोखरा–१७ बिरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढी बजार बस्ने ११ वर्षीया दीपशिखा भुजेल खेल्ने क्रममा नहरमा खस्दा बेपत्ता भएकी छन् ।








प्रतिक्रिया राख्नुहोस्