नेपाल रेडक्रसद्वारा आगलागी पीडितलाई राहत वितरण

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनी टोल जगरनाथपुरमा आगलागीबाट पीडित घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाबाट ८ घर परिवारलाई तत्काल राहत उपलब्ध गराइएको छ ।
रेडक्रसको मुलमन्त्र ‘जहाँ दुख त्यहाँ रेडक्रस’ अनुरूप नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जिल्ला भरीका आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गर्दै आएको रेडक्रस प्रदेश २ का कोषाध्यक्ष सल्लाउदिन अहम्मदले जानकारी दिए ।
राहत वितरणमा रेडक्रस पर्साका उपकोषाध्यक्ष दया शंकर सिंह, वडाध्यक्ष मनौवर अहम्मद, वडा सदस्य भोला अन्सारी लगायत स्थानीयको सहभागिता रहेको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।








प्रतिक्रिया राख्नुहोस्