तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा ३४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

पर्वत । पर्वत जिल्लामा ३४ हजार ३ सय ३९ बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । 


जिल्लामा १ लाख ५७ हजार ८ सय २६ जनसङ्ख्या रहेको भए पनि हाल सम्म जम्मा ३४ हजार ३ सय ३९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । 


यीमध्ये २० हजार ४ सय ७५ जनाले पूर्ण मात्रामा खोप पाएका छन् भने १३ हजार ४ सय ६४ जनाले पहिलो मात्राको खोप मात्रै पाएका छन् । 
जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको थियो । सुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । कोभिसिल्डको पहिलो डोज ९ हजार ९ सय ११ ले लगाएकोमा दोस्रो डोज ९ हजार २ सय ६२ ले मात्रै लगाएका स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । 


पर्वतमा आज सम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय १८ रहेको छ । संक्रमित हुनेमा महिला १ सय ६१ र पुरुष १ सय ५७ जना रहेका छन् । अहिले सम्म ६४ जनाको मृत्यु भएको छ । 


सङ्क्रमणको अवस्थालाई विश्लेषण गर्दा पर्वत जोखिमयुक्त जिल्लाको रुपमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button