प्रदेश सरकारद्वारा धनगढीबाट राजपत्र छपाई कार्य सुरु
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश मुकाम धनगढीबाटै राजपत्र छपाई कार्य सुरु गरेको छ । आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुरु गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आज मुद्रण मेसिनको विधिपूर्वक उद्घाटन गर्नुभयो । त्यस क्रममा उहाँले मुद्रण मेसिन जडानपछि समयमै प्रदेश सरकारका निर्णयहरू राजपत्रमा छापिने बताउनुभयो ।
यसअघि सङ्घीय मुद्रण विभागले राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयनमा समस्या हुने गरेकोमा अब सहज र छिटो–छरितो हुने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले २७ लाख ८० हजारमा उक्त मुद्रण मेसिन खरिद गरी सञ्चालनमा ल्याएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्