तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बागलुङ । धौलागिरी अस्पताल बागलुङमा उपचार गराइरहेका एक सङ्क्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१२ का ७२ वर्षीय पुरुषको मङ्गलवार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो  । 
भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको घिमिरेले बताउनुभयो  । 

मृतक पुरुषले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउनु भएको थियो  । उहाँलाई जटिल प्रकारको कोभिड निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको धौलागिरी अस्पतालले जनाएको छ  । यससँगै बागलुङमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button