तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

टीकापुर, कैलाली । ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ । गौरीगंगा नगरपालिकाको राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा गुर्धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । 

ट्रक चालक उदयपुरका ३८ वर्षीय टेकराज खत्रीलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । त्यो घटनालाई लिएर अहिले उक्त क्षेत्रमा स्थानीयद्वारा सडक अवरुद्ध पारिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button