सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

काठमाडौँ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।
आज बिहान ११:४० बजे वीर अस्पतालको डेन्टल विभागमा उहाँको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरूको टोलीले चेकजाँचपश्चात् सफलतापूर्वक सर्जरी गर्नु भएको हो । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरूले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहनु भएको छ ।
सभामुखले उपचारमा संलग्न चिकित्सकहरूको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्