तपाईँ सुन्दै हुनुहुन्छः

ट्याङ्करमा ट्रक ठोक्किँदा सप्तरीमा एक बालिकाको मृत्यु, तीन घाइते

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा गएराति ट्याङ्करमा ट्रक ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पश्चिमतर्फ गइरहेको ना ८ ख ३४ ख ३४२२ नम्बरको ट्रकले रोकेर राखिएको को १ ख ६९५६ नम्बरको ट्याङ्करलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

दुर्घटनामा सुनसरीको रामधुनी इकराही नगरपालिका–४ का ट्रक चालक आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यसैगरी ४५ वर्षीय चालक चौधरी, सोही ट्रकमा सवार चौधरीकी पत्नी ४० वर्षीया चन्द्रकला थारुनी र छोरा २३ वर्षीय आशिष चौधरी घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि पठाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । 

ट्याङ्कर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button