‘सभामुखलाई धम्कीपूर्ण अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’
काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटा माथि उहाँकै कार्य कक्षमा भएको व्यवहारको निन्दा गरेका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गरी सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले सभामुखलाई लक्षित गरी यही भदौ ३ र ४ गते उहाँको कार्य कक्षमा दिएको धम्कीमूलक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेका सांसदले यही भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा धर्ना बसेका थिए । सोही क्रममा केही सांसदले अमर्यादित व्यवहार गरेको सभामुखको सचिवालयले जनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्