तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको विकास र परिवर्तनका लागि लगानी गर्न निजी क्षेत्रलाई आग्रह

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । 


कालीकोटमा सोमवार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।


मुख्य मन्त्री शाहीले प्रदेश सरकार निजी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रयत्नशील रहेकोले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रका उद्योगी व्यवसायिहरुलाई आग्रह समेत गर्नुभयो ।


कोटवाडा मान्म केबलकारमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाइने, कर्णालीमा ४१० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त आयोजना बन्न लागेको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली विकासका लागि सबैले आआफ्नो ठाउँबाट जुट्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button