तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।


नेपाल क्रिकेट सङ्घ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो ।


क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गर्नुभयो । खुल्ला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । 


नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख हात पारे । क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको थियो ।


समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए । नेपाली टोलीले नयाँ जर्सी ओमान भ्रमण दौरान प्रयोग गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button