थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर ११ हजार ३ सय २६ जनाको कोरोना भाइरस नमुना परिक्षण गर्दा १ हजार ८ सय १ जना संक्रमित थपिएका छन् ।
८ हजार ७ सय ४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ४८ जना तथा २ हजार ६ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ५३ जना गरी जम्मा १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ९ सय २४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९३ दशमलव ५ प्रतिशत छ ।

यसैगरी गत २४ घण्टामा देशभरिबाट १ लाख २ हजार ३ सय ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
देशभरि आज कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५ सय ३३ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार ३ सय ५१ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमा ६ सय ७९ जनाले आइसियु र १ सय ७६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्