तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोडबाट लागू औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड ८ मा डीडीआर फार्मेसी सञ्चालन गर्दै आएका  २० वर्षीय भीष्म बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


आइतबार साँझ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनार मनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको बताइएको छ । 


पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button