तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

file photo

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

आज भएको मतदानमा प्रदेशसभाका ४३ जना सांसदहरू उपस्थित हुनुभएकोमा मुख्यमन्त्री केसीको पक्षमा ४२ मत प्राप्त भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नु भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनु भएको थियो । १ मत तटस्थमा खसेको थियो ।

मुख्यमन्त्री केसीलाई नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदहरुले विश्वासको मत दिएका हुन ।

लुम्बिनी प्रदेशसभामा हाल ८० सांसद कायम छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button