तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको वर्षासँगै मेलम्ची र आसपासका क्षेत्रमा पुनः बाढीको जोखिम

सिन्धुपाल्चोक । केही दिनदेखिको निरन्तरको वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची र आसपासको क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ । 

पानी पर्न थालेसँगै मेलम्ची नदीमा पानीको सतह बढ्न थालेकाले स्थानीय त्रासमा रहेका छन् । 

त्यस्तै, सिन्धुपाल्चोकका धरै स्थानमा पहिरोको जोखिम रहेको भन्दै स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।

मेलम्चीको बाढीले मेलम्ची र इन्द्रावती नदी माथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । 

पुल बाढीले बगाउने अवस्था आएपछि संरक्षणका लागि पहल गरिएको तर बाढीले समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

साउन १६ पछिको बाढी पहिराले मेलम्ची ,हेलम्बुका एक सय एघार घर टहरा बगाएको छ ।

त्यस्तै झोलुङ्गे पुलसँगै रातो पुल पनि बाढीले बगाएका कारण मेलम्ची आसपासका बासिन्दालाई नदी तर्न समस्या भएको छ । बाँकी तीन वटामध्ये दुई वटा झोलुङ्गे पुल बाढीको जोखिममा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button