पाँचथरमा तपाइको मास्क खै अभियान सञ्चालन
पाँचथर । पाँचथरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागी नेपाल प्रहरीले “तपाईको मास्क खै” अभियान सञ्चालन गरिरहेको छ ।
अभियानमा पाँचथर प्रहरीले भिडभाड हुने स्थानमा बसेर मास्क नलगाएका नागरिकहरूलाई मास्क लगाउन आग्रह सहित मास्क वितरण गरिरहेको छ । सही तरिकाले मास्क नलगाएका व्यक्तिहरूलाई परामर्श दिने तथा भिडभाड नगर्न अनुरोध गर्ने, सम्झाइ बुझाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रणको भरपर्दो माध्यम मास्क भएपनी नागरिकहरूले व्यवहारमा लागु नगरेको साथै मास्क लगाए पनि सही तरिकाले नलगाएकोले गर्दा अभियान चलाइएको हो । हाल प्रति घण्टा ५० देखी ६० जना मास्क नलगाएका नागरिकलाई मास्क वितरण गर्दे आएको पाँचथर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्