हात्ती पीडितलाई अध्यक्ष अन्सारीको आर्थिक सहयोग

सुनसरी । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट मृत्यु भएका कोशी गाउँपालिका ४ स्थित जुद्धगंजका स्थानीय ५२ वर्षका रामु खङ्गको परिवारलाई अध्यक्ष अन्सारीले नगद २५ हजार सहयोग गरेका हुन ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हात्ती आतङ्क रोक्न गम्भीर नबन्दा अनाहकमा हात्तीबाट सर्वसाधारण मारिने क्रम यावत रहेको बताउँदै उनले हात्ती आतङ्क रोक्न आफूले पहल गर्दै आएको बताए ।
पीडित परिवारलाई सहयोग पुग्ने उद्देश्यले आफूले नगदसहित सहयोग गरेको र भावी दिनमा समेत पीडित परिवारलाई सहयोग गर्दै जाने अध्यक्ष अन्सारीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्