तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २७ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button