तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा अविरल वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीमा अविरल वर्षापछि पहिरो र बाढी आउनसक्ने भन्दै सचेत रहन मौसम विभागले आग्रह गरेको छ ।

मौसम विभागअन्तर्गतको बाढी सूचना केन्द्रले कास्कीको लम्पाटन बर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टा भारी बर्षामापन भएको र थप बर्षा हुने सम्भावना रहेको भन्दै सचेत हुन अपील गरेको हो ।

केन्द्रले आसपासका क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button